ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘सफा हिमाल अभियान २०२३’ सम्पन्न

२०८० जेठ, २५  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित ‘सफा हिमाल अभियान २०२३’ को चौथो संस्करण सफल भएको बताइएको छ । चार मुख्य हिमालहरु – सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरूणत्से सरसफाई गर्ने उद्देश्यका साथ यो अभियान २८ मार्चमा शुरू भएको थियो ।

अत्यधिक उचाइमा रहेका यी हिमालहरुबाट फोहोर संकलन गर्ने जोखिमपूर्ण यात्रामा नेपाल सेनाका सदस्य र शेर्पा गरी ९७ जना सहभागी थिए । अभियानको सफलताको बारेमा चर्चा गर्दै सफा हिमाल अभियान २०२३ का निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डेले चार मुख्य हिमालबाट ३५ हजार ७०८ किलोग्राम फोहोर संकलन भएको बताए । 

उनले अभियानलाई सफल बनाउन मद्दत पुर्‍याएकोमा वातावरणप्रति जिम्मेवार सम्पूर्ण संस्थालाई धन्यवाद दिएका थिए । उनले अभियानको शुरुआतदेखि कोका–कोला फाउन्डेसनले नै निरन्तर सहयोग गरेको स्मरण गरे । कोका–कोला फाउन्डेसनका अध्यक्ष सादिया माड्सब्जर्गले फाउन्डेसनको सफा हिमाल अभियानसँगको सहकार्यले वातावरणलाई फोहोर–मुक्त बनाउने हाम्रो दृढ प्रतिबद्धतालाई थप सार्थक बनाएको बताइन् । फाउन्डेसनले यस्ता अभियानले जलवायु परिवर्तन विरुद्ध पहल गर्न नेपाल र विश्वभर नै प्रेरित गर्ने उनको भनाइ छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)