ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

श्रृजनशील लघुवित्तले बल्ल प्रकाशित गर्‍यो तेस्रो त्रैमासिक वित्तीय विवरण, कस्तो छ वित्तीय अवस्था ?

२०८० जेठ, २५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रू. ५७ लाख ९९ हजार नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने ८५ दशलमव ६९ प्रतिशत घटेको हो । गत आवमा कम्पनीले रू. ४ करोड ५ लाख नाफा कमाएको थियो ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफामा असर परेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ४४ दशमलव ७६ प्रतिशत र सञ्चालन नाफा ८५ दशमलव ६९ प्रतिशत घटेको छ । 

कम्पनीको चुक्ता पूँजी रू. १० करोड ९३ लाख रहेको छ । कम्पनीले जगेडामा रू. १० करोड ४४ लाख र रिटेन्ड अर्निङमा रू. ३ करोड ८५ लाख सञ्चित गरेको हो । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।

गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ७७ रुपैयाँ १७ पैसा रहेकोमा चालू आवमा ७ रुपैयाँ ७ पैसामा झरेको हो । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा पनि गत आवमा २ दशमलव १८ प्रतिशत रहेकोमा चालू आवमा ४ दशमलव शून्य ४ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २३० दशमलव ८२ र तरलता अनुपात १८ दशमलव शून्य ५ प्रतिशत रहेको छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)