काठमाडौं । कुमारी बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले प्राप्ति गरेको राइजिङ डेभलपमेन्ट बैंक र युनियन फाइनान्स लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश लिन अनुरोध गरेको हो ।
यी कम्पनीले साधारण सभाले पारित गरेको पाँच वर्ष पुगेपछि कुनै पनि शेयरधनीले प्राप्त गर्ने लाभांश रकम कम्पनी ऐन २०६३ को दफा १८२ को अधीनमा रही लगानीकर्ता संरक्षण कोषमा पठाउन लागिएका हुँदा यो सूचना प्रकाशित भएको मितिले एक महीनाभित्र लाभांश रकम बुझिलिन अनुरोध गरेको छ ।
साथै केही शेयरधनीहरूले बैंकको साधारण सभाबाट पारित भएको नगद लाभांशको पुर्जा संकलन गरेर पनि पुर्जाको रकम सटही नगरेको हुँदा सो लाई पनि सटही गर्न र संकलन गर्न बाँकी लाभांश रकम शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा राखी बुझिलिन सक्नेछन् ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्