ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एलआइसी नेपालको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

२०८० जेठ, २५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी नेपाल) ले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीको आर्थिक स्थितिको लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी बीमांकीबाट तयार गरिएको बिमांकीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० जेठ १९ गतेको पत्रमार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका विभिन्न बीमालेखहरूमा दिने बोनस दर घोषणा गरिएको हो । 

कम्पनीले विभिन्न बीमालेखहरूमा प्रतिहजार न्यूनतम ३९ रूपैयाँदेखि ६४ रूपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले सावधिक जीवन बीमा योजनामा प्रतिहजार न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ६४ रूपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५० रूपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५१ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५२ रूपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रूपैयाँ र २५ देखि माथि अवधिको लागि प्रतिहजार ६४ रूपैयाँ बोनस दिने घोषणा गरेको छ ।

त्यस्तै रूपान्तरित सावधिक जीवन बीमा योजनामा कम्पनीले प्रतिहजार ३९ रूपैयाँदेखि ४९ रूपैयाँसम्म बोनस दिने भएको छ । यस बीमा योजनामा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३९ रूपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ३९ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ४१ रूपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ४३ रूपैयाँ र २५ देखि माथि अवधिको लागि प्रतिहजार ४९ रूपैयाँ बोनस दिने घोषणा गरेको छ ।

बाल सावधिक बीमा योजनामा कम्पनीले प्रतिहजार ५१ रूपैयाँदेखि ६४ रूपैयाँसम्म बोनस दिने भएको छ । यस बीमा योजनामा १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५१ रूपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रूपैयाँ, २५ देखि २९ वर्ष अवधिको लागि प्रतिहजार ६३ रूपैयाँ र ३० देखि माथि अवधिको लागि प्रतिहजार ६४ रूपैयाँ बोनस दिने घोषणा गरिएको छ ।

त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रूपैयाँ बोनस दिने भएको छ । यसैगरी धन फिर्ता बीमा योजनामा कम्पनीले १५ वर्ष अवधिको लागि प्रतिहजार ५६ रूपैयाँ, २० वर्ष अवधिको लागि प्रतिहजार ५७ रूपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ६० रूपैयाँ बोनसदर घोषणा गरेको छ ।

बाल सावधिक अग्रिम भुक्तानी योजनामा कम्पनीले १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५५ रूपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि प्रतिहजार ५७ रूपैयाँ र २१ वर्षदेखि माथि अवधिको लागि प्रतिहजार ६० रूपैयाँ बोनसदर घोषणा गरेको छ । 

साथै आजीवन बीमा योजनामा कम्पनीले १० वर्ष अवधिको लागि प्रतिहजार ५२ रूपैयाँ, १५ वर्ष अवधिको लागि ५३ रूपैयाँ, २० वर्ष अवधिको लागि प्रतिहजार ६२ रूपैयाँ बोनदर दिने घोषणा गरेको छ । यस अवधिमामा बीमितले प्रतिहजार ६२ रूपैयाँ बोनस पाउनेछन् ।

एकल बीमा शुल्क भुक्तानी योजनामा कम्पनीले न्यूनतम प्रतिहजार ४१ रूपैयाँदेखि ६३ रूपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । यस बीमा योजनामा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ४१ रूपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको बीमा योजनामा प्रतिहजार ४९ रूपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५२ रूपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५७ रूपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ६३ रूपैयाँ बोनसदर घोषणा गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)