काठमाडौं । बंगलादेशले बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकबाट झन्डै ८६ करोड डलर पाउने भएको छ । बुधबार बैंक र बंगलादेशले ८५ करोड ८० लाख डलर मूल्यका दुईओटा वित्तीय सम्झौतामा हस्ताक्षर गरेका छन् ।
५० करोड डलरको कार्यक्रम पोषण, उद्यमशीलता र उत्थानशीलताका लागि कृषि र ग्रामीण रुपान्तरणको लागि हो । ३५ करोड ८० लाख बराबरको कार्यक्रम भने सडक सुरक्षा परियोजनाको लागि विनियोजन गरिएको छ । यी दुवै कार्यक्रम दिगो वृद्धिको प्रवर्द्धन गर्ने बताइएको छ ।
कर्जा विश्व बैंकको अन्तरराष्ट्रिय विकास संगठन (आईडीए)ले दिएको हो । यसको अवधि ३० वर्ष रहेको छ । बंगलादेशलाई अहिले आईडीएले कूल १६ अर्ब ३० करोड डलर बराबरको कर्जा सहयोग दिइरहेको छ । एजेन्सी