ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटि होटलको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

२०८० जेठ, २५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।सिटि होटल लिमिटेडको आईपीओ बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीको १ करोड ६७ लाख ४० हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । आइतवारदेखि होटलको यो शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । होटलले सर्वसाधारण, वैदेशिक रोजगारीमा गएका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषको लागि निष्कासन गरेको कुल १६ लाख ७४ हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १ करोड ५० लाख ६६ हजार कित्ता गरेर कुल १ करोड ६७ लाख ४० हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ८७ दशमलव ८३ देखि २६३ दशमलव ४९ ओपन रेञ्ज तोकेको छ । यही रेञ्जको आधारमा कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल सीआईटीवाई रहेको छ । त्यस्तै कम्पनीले शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा ग्लोबल आइएमई क्यापिटल नक्सालबाट हुने जानकारी दिएको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)