ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लगातार तीन दिन बढ्यो शेयर बजार, कारोबार रकम २ अर्ब ३० करोड

२०८० जेठ, २५  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लगातार तीन कारोबार दिनमा नेप्से परिसूचक ३७ दशमलव ६१ अंक बढेको छ । कर विवाद सुल्झिएसँगै लगानीकर्ताहरू बजारप्रति सकारात्मक हुन थालेका छन् । त्यसैले कारोबार रकमसहित नेप्से परिसूचक बढेको देखिन्छ । बिहीवारको कारोबार समय अवधिमा बजारमा विक्रेताभन्दा खरीदकर्ताहरू नै सक्रिय देखिएका छन् । 

साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक शून्य दशमलव ३८ प्रतिशत अर्थात् ७ दशमलव २७ अंक बढेको छ । नेप्से परिसूचक १ हजार ९३९ दशलमव ६१ विन्दुमा पुगेको हो । यस दिन २७३ धितोपत्रको ५९ लाख ६२ हजार ९३ कित्ता ४३ हजार १२८ पटकमा रू. २ अर्ब ३० करोड बराबर कारोबार भएको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये दोल्ती पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर रू. २८७ दशमलव १० पुगेको हो । त्यस्तै दोस्रोमा भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत बढेर रू. २२३ पुगेको छ । यी दुवै  कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आजैदेखि आएको हो । सोही कारण पनि कम्पनीको शेयरमा खरीदकर्ता आकर्षित भएका हुन् । 

बिहीवार सबैभन्दा बढी रिभर फल्स पावर कम्पनीका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ६ दशमलव ६४ प्रतिशत घटेर रू. २९९ दशमलव ७० मा झरेको छ । त्यस्तै दोस्रोमा खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३ दशमलव ९४ प्रतिशत घटेर रू. ८६६ दशमलव ५० कायम भएको हो । 

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ओगटेको छ । कम्पनीको रू. १० करोड २६ लाख बराबर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७४ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको रू. ९ करोड ६३ लाख बराबर कारोबार भएको छ । 

बिहीवार चार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको हो । सबैभन्दा बढी व्यापार समूहको परिसूचक ५ दशमलव ५८ प्रतिशत र निर्जीवन बीमा समूहको ५ दशमलव १६ प्रतिशत बढेको हो । होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी शून्य दशमलव ९३ प्रतिशत घटेको छ । 

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २९ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १६ प्रतिशत घटेका छन् भने फ्लोट इन्डेक्स शून्य दशमलव ३७ प्रतिशत बढेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)