ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनका दुग्ध किसानको गुनासो– बीमा सुविधा बन्द हुँदा लम्पिस्कीनबाट मरेका पशुको क्षतिपूर्ति पाएनाैं

२०८० जेठ, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन । चितवनका दुग्ध किसानले बीमा कम्पनीले पशुको बीमा नगरेको भन्दै गुनासो गरेका छन् । सरकारले गाईभैंसीको बीमामा अनुदान दिन छाडेको भन्दै बीमा कम्पनीहरूले पशुको बीमा नगरेपछि उनीहरू मर्कामा परेका छन् ।  

आज चितवन दुग्ध सहकारी संघले भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा किसानहरूले बीमा सुविधा तत्काल लागू गर्न र बीमा गरिएका पशुको उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।  सो अवसरमा संघका अध्यक्ष किशोर वगालेले बीमा कम्पनीले बीमा सुविधा दिन छाडेको पशुपालक किसान मर्कामा परेको बताए ।

१ महिना अघिदेखि बीमा सुविधा पनि बन्द भएका कारण लम्पिस्कीन र अन्य रोगबाट मरेका पशुको उचित क्षतिपूर्ति नपाएको उनको भनाइ छ । जसका कारण चितवनमा दुग्ध उत्पादन घट्ने र किसानहरू विस्थापित हुने खतरा बढेको उनले बताए ।

बीमा कम्पनीहरूले सरकारले बीमा अनुदानको रकम नदिएको भन्दै यही जेठ ८ गतेदेखि बीमा गर्न बन्द गरेका छन् । 

दुग्ध विकास बोर्ड खारेजीविरुद्ध आन्दोलनको चेतावनी

सरकारले आगामी वर्षको बजेटमा दुग्ध विकास बोर्ड खारेजी गर्ने उल्लेख गरेपछि दुग्ध किसानहरूले आन्दोलनको चेतावनी दिएका छन् । यही जेठ १५ काे बजेट भाषणमा दुग्ध विकास बोर्ड खारेजी गर्ने उल्लेख छ ।

किसानहरूले दुग्ध विकास बोर्ड किसानको अभिभावक भएको भन्दै यसलाई परिमार्जनसहित पुर्नस्थापना गर्न माग गरेका छन् ।

संघका सचिव कल्याण अधिकारीले दुग्ध विकास बोर्ड खारेज गरी सिंहदरबारमा गाभ्न लागेको भन्दै आफूहरूले यसविरुद्ध चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिए । 'अब हाम्रो गुनासो कसले सुन्छ ? हाम्रो पहुंँच सिंहदरबारसम्म कहिले पुग्ने ?' उनले भने, 'राज्यले जहिले पनि राज्यले दुग्ध किसानलाई मात्र निरुत्साहित गरेको छ ।'

संघका अध्यक्ष वगालेले बोर्डले दूध क्षेत्रको नीति निर्माण गर्न, दूधको मूल्य निर्धारण गर्न, उत्पादक र उद्योगीबीच सम्बन्ध स्थापित गर्न मद्दत पुगेकोले पुनःसंरचनासहित सञ्चालन गर्नुपर्ने बताए । आफ्ना मागको राज्यले बेवास्ता गरे देशभर चरणवद्ध आन्दोलन गर्ने उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)