ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

श्रृजनशील लघुवित्तको चौथो वार्षिक साधारण सभा असार १५ मा, यी प्रस्ताव पारित हुने

२०८० जेठ, २६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा असार १५ गते गर्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, गोलबजार नगरपालिका-७, चोहर्वा सिराहामा उक्त दिन बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ । 

सभाले अन्य लघुवित्तसँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै कम्पनीका प्रबन्धपत्र र नियमावलीमा नियमनकारीहरूबाट कुनै विषयमा थप संशोधन वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सोही सभाबाट सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको छनोट गरिनेछ । 

त्यस्तै सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ४ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असार ३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)