ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेशनल लाईफ इन्स्योरेन्सका ग्राहकले व्यतित बीमालेखको विलम्ब शुल्कमा छूट पाउने

२०८० जेठ, २६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा शत प्रतिशतसम्म विलम्ब शुल्क छूट दिने भएको छ । कम्पनीका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म विलम्ब शुल्क(ब्याज) छूट पाउने भएका छन् । 

कम्पनीबाट जारी गरिएका तथा नियमित रूपमा बीमाशुल्क भुक्तानी नगरेका कारण २०७६ चैत २ देखि हालसम्म व्यतित भएका बीमालेखहरू २०८० असार १५ गते भित्र पुनर्जागरण गराउने बीमितहरूलाई लाग्ने ब्याजमा शत प्रतिशत छूट प्रदान गर्ने जनाएको छ ।

यस्तै कम्पनीले २०७३ चैत २ देखि २०७६ चैत १ गतेसम्म व्यतित भएको बीमालेखहरूको ७५ प्रतिशत र अन्तिम शुल्क भुक्तानी गरेको मितिबाट २०७३ चैत १ गतेसम्म व्यतित भएको बीमालेखहरू नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ६० प्रतिशत छूट प्रदान गर्ने भएको हो ।

कम्पनीले पुनर्जागरण मितिले २ वर्षभित्र अवधि समाप्त हुने बीमालेखहरूको हकमा विलम्ब शुल्कमा छूट नदिने जनाएको छ । यस्तै विलम्ब शुल्क (ब्याज) छूट बीमा अवधिभरि एक पटक मात्र पाइने कम्पनीले जनाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)