ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल रिपब्लिक मिडियाको आईपीओ सर्वसाधारणमा आजदेखि जारी 

२०८० जेठ, २६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा आईपीओ जारी गरेको हो । 

कम्पनीले वैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३०० कित्ता आईपीओ विक्री गरी यही जेठ २४ गते बाँडफाँट गरेको थियो । 

कम्पनीको जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४ दशमलव ९९२२ प्रतिशत आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँ बराबरका ४३ लाख ५३ हजार कित्ता शेयर विक्री गर्न अनुमति पाएसँगै कम्पनीले कुल कित्ता शेयरमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा १० प्रतिशत शेयर विक्री गरेको हो । 

कम्पनीले सर्वसाधारणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।  यीबाहेक बाँकी रहेको ३५ लाख २५ हजार ९३० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो । 

सर्वसाधारणले छिटोमा जेठ ३० गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि असार ८ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागबमोजिम आवेदन पर्दै आएकाले यस कम्पनीको आईपीओ समेत छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित छ ।

यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

यस कम्पनीले २०६६ वैशाख ११ गतेदेखि नागरिक दैनिक र रिपब्लिका दैनिक पत्रिकाहरू प्रकाशन गर्न शुरु गरेको हो । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ५३ करोड २२ लाख रहेको छ । कुल शेयरपूँजीमा संस्थापक तर्फको ५५ दशमलव ००७८ प्रतिशत शेयर स्वामित्व कायम रहेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)