ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१४ वर्षमा रू. १३ अर्बको अखबारी कागज आयात

२०८० जेठ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । नेपालमा कागज उत्पादनको लामो इतिहास भए तापनि यो उद्योग वर्तमान मागअनुसार स्तरोन्नति र विस्तार हुन सकेको छैन । त्यसो हुँदा देशबाट अर्बौं रुपैयाँ बराबरको रकम कागज आयातका लागि बाहिरिएको छ ।

यो क्रम अखबारी कागजमा पनि यथावत् छ । आर्थिक वर्ष २००८/०९ मा रू. १ अर्ब ६ करोड बराबरको अखबारी कागज आयात भएको थियो । आर्थिक वर्ष २०२१/२२ मा यो आयात रू. ४९ करोड रहेको छ । आर्थिक वर्ष २००९/१० मा २२ हजार ८०६ मेट्रिक टन बराबरको अखबारी कागज आयात भएकोमा सो आयात आर्थिक वर्ष २०२१/२२ मा ४ हजार १५३ मेट्रिक टन रहेको छ ।

पछिल्लो समय मिडियाको डिजिटलाइजेशन र कोभिडकालको पाश्र्वप्रभावले अखबारी कागज आयातमा केही सुस्ती देखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)