ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७० वर्षे उमेर हद हटाउने एमालेको निर्णयप्रति रावलको असन्तुष्टि

२०८० जेठ, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल तस्वीर ।
author avatar अभियान संवाददाता

काठमाडौं । नेकपा (एमाले)का प्रभावशाली नेता डा. भीम रावलले ७० वर्षे उमेर हद हटाउने पार्टीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । एक टेलिभिजनसँगको अन्तरवार्तामा उनले याे निर्णय पार्टीभित्र छलफल गरेर मात्रै पारित हुनुपर्नेमा बताए ।

‘यसमा कसरी छलफल भयो ? के भयो ? मलाई जानकारी छैन । जतिबेला ७० वर्षलाई एउटा रेखा बनाइयो, त्यो बेलामा धेरै ठूलो बहस र छलफल भएको थियो । त्यो छलफलपछि भरतमोहन अधिकारी, सिद्धिलाल सिंह, सहाना प्रधानजस्ता नेताहरूले अवकाश प्राप्त गर्नुभएको थियो,’ उनले भने, ‘अब अहिले पार्टीले ७० वर्षको अवधि हटाउनु पर्छ भन्ने अनुभव गरेको हो भने त्यो प्रक्रियामा जानुपर्यो ।’

पार्टीमा ७० वर्षको उमेर हद हटाउन पर्छ भन्ने महसुस भए विशेष महाधिवेशन गरेर पारित गर्नुपर्ने उनको भनाइ छ । 

एमालेको केन्द्रीय समिति बैठकले ७० वर्षे उमेर हद हटाउने निर्णय गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)