ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनएलजी इन्स्योरेन्सले ६६ % हकप्रद शेयर निष्कासन गर्ने, बीमा प्राधिकरणले दियो स्वीकृति

२०८० असार, १९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ ।

प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको जानकारी दिए । 

अब कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ । 

हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४५ करोड छ । यस पूँजीको आधारमा कम्पनीले ९६ लाख ३१ हजार २२ हजार कित्ता हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाउनेछ । हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. २ अर्ब ४२ करोडभन्दा बढी पुग्नेछ । यो रकम बीमा प्राधिकरणले तोकेभन्दा ८ करोड कम हो । 

बीमा प्राधिकरणको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरूले यही असार मसान्तसम्ममा चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउनुपर्ने छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)