ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घाटामा रहेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई निजीकरण गर्दै पाकिस्तान

२०८० साउन, २३  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

इस्लामाबाद । पाकिस्तानले घाटामा चलिरहेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)लाई निजीकरण गर्ने भएको छ । पाकिस्तानी सरकारले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग गरिएको सम्झौता अनुसार एयरपोर्ट पनि आउटसोर्स गरेर सञ्चालन गर्ने भएको छ । 

पाकिस्तानका अर्थमन्त्री इशाक दारको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को निजीकरण समितिको बैठकले एयरलाइन्सलाई निजीकरण गर्ने निर्णय गरेको हो । 

'विचार-विमर्शपछि पाकिस्तान इन्टरनेशनल एयरलाइन्स कम्पनी लिमिटेडलाई निजीकरण परियोजनाहरूको सूचीमा समावेश गर्ने निर्णय गरेको छ,' अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

समितिले पीआईए इन्भेष्टमेन्ट लिमिटेडको न्यूयोर्कस्थित रुजवेल्ट होटलको कारोबारको प्रक्रियाको लागि पनि वित्तीय सल्लाहकारको नियुक्तिलाई पनि समर्थन गरेको छ । 

पाकिस्तानले नक्कली पाइलट स्क्यान्डलपछि निलम्बित गरिएको पीआईए उडानहरू पनि आगामी तीन महीनामा बेलायतमा सुचारु गर्ने जनाएको छ ।

युरोपेली संघको उड्डयन सुरक्षा एजेन्सीले सन् २०२० देखि युरोप र बेलायतका लागि पीआईए उडानहरू निलम्बित गरेको थियो । एजेन्सीले पाइलट इजाजतपत्र घोटालापछि पीआईएको उडान गर्ने राष्ट्रिय क्यारियरको प्राधिकरणलाई पनि खारेज गरेको थियो । 

पाकिस्तानले निजीकरण गर्न लागेको सरकारी स्वामित्वको पीआईएको सयौं अर्ब रुपैयाँ घाटा र बक्यौता छ । पाकिस्तानले गत जुनमा आईएमएफबाट ३ अर्ब डलर वित्तीय सहायता पाएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)