ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

२०८० भदौ, ११  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  एनएली इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन  गर्नका लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । 

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता आइतवार कम्पनी र क्यापिटलबीच भएको हो । सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका छन । 

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँको  ६६ प्रतिशत हकप्रद शेयर निष्कासन तयारी गरेको हो ।  अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ । 

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. २ अर्ब ४२ करोडभन्दा बढी पुग्नेछ । यो रकम बीमा प्राधिकरणले तोकेभन्दा ८ करोड कम हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)