ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनैपूर्णिमा र गाईजात्रा नजिकिँदा असनमा देखियो रौनक, ग्राहकको चहलपहल शुरु [तस्वीरहरू]

२०८० भदौ, १२  
उपभोक्ता फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar सुनिल शर्मा

काठमाडौं । जनैपूर्णिमा र गाईजात्रा पर्व नजिकिएसँगै काठमाडौंको असन बजारमा सामान किन्ने ग्राहकको भीड लाग्न थालेको छ । आगामी बिहीवार परेको जनैपूर्णिमा र गाईजात्रा पर्वका लागि मंगलवार बजारमा सामान किन्ने ग्राहकको भीड देखिएको हो । 

ग्राहकको चहलपहल बढेसँगै मंगलवार असन बजारमा रौनक देखिएको थियो । मंगलवार कतिपय ग्राहक डोरो, जनै किन्दै थिए । कतिपय ग्राहक भने राखी किन्दै गरेको पनि भेटिए । यही दिन रक्षाबन्धन पर्व पनि मनाइन्छ । विशेष गरी तराई क्षेत्रमा मनाइने यो पर्व अहिले काठमाडौं उपत्यकामा पनि मनाउन थालिएको हो । 

बजारमा गाईजात्राका लागि शृंगारका सामान किन्ने ग्राहकहरू पनि थिए ।

जनैपूर्णिमाकै अवसरमा बजारमा क्वाँती पनि विक्रीमा राखिएको छ । जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँती खाने प्रचलन छ । 

कुन सामानको मूल्य कति ?

व्यापारीहरूका अनुसार असन बजारमा क्वाँती प्रतिप्याकेट २००–२२० रुपैयाँमा विक्री भइरहेको छ । क्वाँती किलोको १७० रुपैयाँ पर्ने गरेको छ । 

यस्तै, जनै प्रतिगोटा ५–१० रुपैयाँ, डोरो प्रतिडल्ला ५०–१०० रुपैयाँ, राखी प्रतिगोटा ३०–२०० रुपैयाँ र गाईजात्रा श्रृंगार सामाग्री प्रतिसेट २००–४५० रुपैयाँसम्ममा पाइने गरेको व्यापारीहरू बताउँछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)