ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छूट

२०८० भदौ, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, शृंगार, होटल तथा रेष्टुराँ क्षेत्रका संस्थासँग छूटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त संस्थाका विभिन्न सेवामा छूट प्राप्त गर्ने बताइएको छ । सम्झौता अनुसार जनकपुरको नवजीवन हस्पिटल प्रालिका सेवामा २० प्रतिशतसम्म तथा प्याकेजमा रू. २ हजार, हेटौंडाको क्राउन कलेक्सनका सेवामा १० प्रतिशत र भैरहवाको न्यू बिजी बिन्समा १० प्रतिशत छूट पाइने बताइएको छ । त्यस्तै मकवानपुरको मनहरीमा रहेको मनहरी हेयर एण्ड ब्यूटी युनिसेक्स सेलुनका सेवाका १० प्रतिशत र काठमाडौंको कोटेश्वरमा रहेको हुक हस्पिटालिटीका सेवामा १० प्रतिशत छूट दिइने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)