ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

२०८० भदौ, १९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।

कम्पनीले साउन ४ गतेदेखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार कित्ता आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र मागभन्दा बढी शेयर खरीद माग भएकाले १५ हजार जना आवेदकहरूलाई १० कित्ताका दरले भदौ १८ गते आईपीओ बाँडफाँट गरेको हो ।

आयोजना प्रभावित स्थानीयमा पनि कम्पनीले साउन ४ गतेदेखि भदौ १७ गतेसम्म आईपीओ विक्री गरिसकेको छ । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री खुला गरेको हो । प्रतिशेयर १०० अंकित मूल्यमा कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ स्थानीयमा विक्री गरेको हो । स्थानीयमा विक्री गरिएको कुल कित्ता शेयरमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ । 

त्यस्तै २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ तथा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि र सो क्षेत्र बाहेकका रसुवाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँट गरिनेछ ।

यस कम्पनीले रसुवामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ छ भने प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)