ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने, मन्त्रिपरिषदबाट प्रस्ताव स्वीकृत 

२०८० भदौ, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
भारती‍य मन्त्रिपरिषद बैठक । तस्वीर : डा. शंकरप्रसाद शर्माको ट्वटर ह्याण्डल ।
author avatar अभियान संवाददाता

काठमाडौं । भारतको मन्त्रिपरिषदले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सञ्जाल एक्समार्फत हालै बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको बताएका छन् । 

‘भारतको मन्त्रिपरिषद्ले आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् खरिद गर्ने स्वीकृतिले २०७२ सालमा विद्युत् विकासको नयाँ मार्गचित्र बनाउने बाटो खुला गरेको छ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’ 

भारतका लागि नेपाली राजदूत शर्माले उक्त निर्णय भएको बताए पनि भारतीय मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गर्ने प्रेस इन्फर्मेसन ब्युरोको वेबसाइटमा भने त्यो निर्णय प्रकाशन भइसकेको छैन । 

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्री तहको वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए। प्रधानमन्त्री दाहालको सोही भ्रमणका बेला नेपाल र भारतबीच विद्युत् व्यापारसम्बन्धी सहमति भएको थियो । भारतले त्यसलाई छिट्टै मन्त्रिपरिषद्‌बाट पारित गर्ने प्रतिबद्धतासमेत जनाएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)