चितवन । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको १२ औं साधारण सभा तथा सातौं अधिवेशन भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले जनकलाल कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा गणेशप्रसाद उपाध्याय पौडेल, प्रथम उपाध्यक्षमा विक्रम सापकोटा, उपाध्यक्षमा दीपा शाही, महासचिवमा सुरेन्द्र केसी, सचिवमा बुद्धिसागर सापकोटा, कोषाध्यक्षमा नेत्रप्रसाद शर्मा, सहकोषाध्यक्षमा विमला अधिकारी, सदस्यहरूमा सन्तोष देवकोटा, रूपा सुनार, यज्ञबहादुर कार्की, देवी अधिकारी, रामराज सिंह, नवराज सुवेदी, अर्जुन लामिछाने, गोविन्द रानामगर, हरिप्रसाद भट्ट निर्विरोध निर्वाचित भएका छन् ।
कार्यक्रममा निर्वाचन अधिकृत इमान्दु बरालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए । नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष ख्याम नारायण पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा उत्कृष्ट घरधनीको रूपमा नारायण सापकोटा र घर बहालमा बस्ने उत्कृष्ट व्यवसायीको रूपमा मनास्लु होटल पुल्चोकका प्रोपाइटर रामचन्द्र थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा घर बहाल सरोकार मञ्चका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज न्यौपाने, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष सिरिष पन्त, घर बहाल उपभोक्ता मञ्च चितवनका सल्लाहकार प्रभात ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।