ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको सर्वाधिक कारोबार

दुई लघुवित्तको शेयर मूल्य सर्किट लेभलमा बढ्यो 

२०८० भदौ, १९  
नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मंगलवार (आज) धितोपत्र दोस्रो बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको सर्वाधिक रकम बराबरको कारोबार भएको छ । आज यो कम्पनीको ७ करोड ५८ लाख ९७ हजार रुपैयाँ बराबरको १ लाख ६३ हजार ३६९ कित्ता संस्थापक शेयर कारोबार भएको हो । 

यस दिन कुल कारोबार रकम भने ७९ करोड ६८ लाख ७० हजार रुपैयाँभन्दा बढी छ । उक्त रकम बराबरको २४ लाख ८० हजार ९२९ कित्ता धितोपत्र कारोबार भएको बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जानकारी दिएको छ ।

नेप्से परिसूचक भने यो दिन ६ दशमलव ४५ अंक घटेर १ हजार ९६१ दशमलव ३७ विन्दुमा बन्द भएको छ । सोमवार भने तीन कारोबार दिन निरन्तर घटेको नेप्से परिसूचक ७ दशमलव शून्य ४ अंकले बढेको थियो । नेप्सेको वृद्धि एक दिन पनि टिक्न सकेन ।

नेप्से परिसूचकसँगै ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स मंगलवार शून्य दशमलव १२ प्रतिशत अर्थात् शून्य दशमलव ४७ अंक घटेर ३७७ दशमलव २४ विन्दुमा झरेको छ । यो दिन व्यापारिक समूहको शून्य दशमलव ४६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३८ प्रतिशत परिसूचक बढेको छ भने अन्य समूहको घटेको छ । मंगलवारको कारोबारमा होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ७९ प्रतिशतले घटेको छ । 

त्यस्तै वित्तको शून्य दशमलव ७६ प्रतिशत, जलविद्युतको शून्य दशमलव ६५ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ६३ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ६० प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५६ प्रतिशत, अन्य र बैंकिङ समूहको शून्य दशमलव २३ प्रतिशत, लगानीको शून्य दशमलव २२ प्रतिशत, लघुवित्तको शून्य दशमलव २१ प्रतिशत र विकास बैंकको शून्य दशमलव ११ प्रतिशत घटेको छ ।

घटेको बजारमा दुई लघुवित्तको शेयर मूूल्य भने सर्किट लेभलमा बढेको छ । एनएमबि माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ८५ प्रतिशत बढेको हो । एनएमबि लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ५१ रुपैयाँले बढेर ५६१ रुपैयाँ कायम भएको हो । 

त्यस्तै नेरुडे लघुवित्तको प्रतिकित्ता ५८ रुपैयाँले बढेर प्रतिकित्ता ६४७ रुपैयाँ कायम भएको छ । आरविवि म्युचुअल फण्ड २ को इकाई मूल्य भने १० प्रतिशतले घटेको छ भने लिवर्टी ईनर्जीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत घटेको छ । बजार घटेसँगै कुल बजार पूँजीकरणसमेत घटेको छ । मंगलवार कुल बजार पूँजीकरण २९ खर्ब ३६ अर्ब २३ करोड ८२ लाख रुपैयाँ कायम भएको छ । सोमवार यो रकम २९ खर्ब ४५ अर्ब ९० करोड ३५ लाख रुपैयाँ रहेको थियो । मंगलवार धितोपत्र दोस्रो बजारको पूँजीकरण ९ अर्ब ६६ करोड ५२ लाख रुपैयाँले घटेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)