ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुन प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीको सोधपुछ

२०८० भदौ, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। विमानस्थलबाट अवैध रूपमा भित्रिएको ६० किलो सुन प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोधपुछ गरेको छ । सुन प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीले आइतवार उनीसँग पनि सोधपुछ गरेको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्वउपराष्ट्रपति र उनको परिवारको सम्पर्क रहेको सार्वजनिक भएपछि उनको छोरा दिपेशसँग पनि सोधपुछ गरी अनुसन्धानको दायरामा ल्याइएको बताइएको छ । सुन तस्करी प्रकरणमा उनको संलग्नता रहेको पुष्टि भएमा गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइने सीआईबीले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)