काठमाडौं। डिजिटल वालेट आइएमई पेले हालै सार्वजनिक गरेको ‘विकेट टु विन’ अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखि असोज १८ सम्म चल्ने सो अफरअन्तर्गत सेवाग्राहीले इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पेमार्फत गर्दा रू. १०० सम्म छूट प्राप्त गर्ने बताइएको छ । सो छूट प्राप्त गर्न सेवाग्राहीले पानीको बिल भुक्तानी गर्ने क्रममा ‘वाटर’ प्रोमो कोड र इन्टरनेटको बिल भुक्तानी क्रममा ‘इन्टरनेट’ प्रोमो कोड राख्नुपर्ने बताइएको छ । अफरअन्तर्गत सेवाग्राहीले पानी को प्रोमो कोड अफर अवधिभर पटक पटक प्रयोग गर्न सक्ने र इन्टरनेटको प्रोमो कोड भने अफर अवधिमा एकजना ग्राहकले एकपटक मात्र प्रयोग गर्न पाउनेछन् ।