ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीडब्ल्यूएमका गाडी खरीदमा ग्लोबल आइएमई बैंकको कर्जा

२०८० भदौ, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले भीजी इम्पेक्स प्रालि (जीडब्ल्यूएम नेपाल)का गाडीको खरीदमा सवारीकर्जा उपलब्ध गराउने भएको छ । बैंकले सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित गाडी खरीदमा कर्जा उपलब्ध गराउने भएको हो । बैंकले भीजी इम्पेक्स तथा उक्त कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयूभी, पावर ब्राण्डका पिकअप र ओआरए ब्राण्डका विद्युतीय गाडी खरीदमा कर्जा पाइने भएको हो । यससम्बन्धी सम्झौतामा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रूपेन्द्र वाग्ले र भीजी इम्पेक्सका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन् । ग्राहकको सुविधालाई ध्यानमा राखी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजना ल्याई ग्राहकलाई लाभान्वित गर्दै आएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)