ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भुटान एयरलाइन्सको काठमाडौं उडान भदौ ३० देखि सुचारु 

२०८० भदौ, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्स (बि–३)ले काठमाडौं उडानलाई फेरि शुरू गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसले यससम्बन्धी जानकारी दिएको हो । एयरलाइन्सले भदौ ३० गतेदेखि हरेक आइतवार, सोमवार, बुधवार, र शनिवार गरी हप्तामा चार पटक पारो–काठमाडौं–दिल्ली दुईतर्फी उडान गर्नेछ । कम्पनीले कोभिड–१९ महामारीका कारण काठमाडौं उडान रोकेको थियो । उसले सन् २०१३ देखि काठमाडौं उडानको शुरू गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)