काठमाडौं। जगदम्बा इन्टरप्राइजेज प्रालिले अत्याधुनिक एलआरएफ (ल्याडल रिफाइनिङ फर्नेस) प्रविधिमार्फत प्राइम बिलेट उत्पादन शुरू गरेको छ । कम्पनीले भूकम्प प्रतिरोधी डन्डी बनाउन प्रयोग हुने प्राइम बिलेट नेपालमै पहिलोपटक उत्पादन गरिएको दाबी गरेको छ ।
नेपालमा एफई ५०० डी गुणस्तरको फलामे डन्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको भन्दै कम्पनीले यो डन्डी भूकम्प प्रतिरोधात्मक हुने र यस्तो डन्डी केवल प्राइम बिलेटबाट मात्र बन्ने कम्पनीको बताएको छ । कम्पनीले हाल जगशक्ति गोल्ड ब्रान्डमा एफई ५०० डी डन्डीको उत्पादन एवं विक्री वितरण गर्दै आएको जानकारी दिएको छ । वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरको चोर्नीमा रहेको कम्पनीले जीआई पाइप, ब्ल्याक पाइप, त्युबुलार पोल, हाइमास्ट पोल, फेब्रिकेसन तथा अन्य विभिन्न किसिमका फलामजन्य वस्तुको उत्पादन गर्दै आएको बताइएको छ ।