ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाइवाइको व्यावसायिक दूतमा अभिनेता आयुष्मान खुराना

२०८० भदौ, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्सले वाइवाइ चाउचाउको व्यावसायिक दूतमा बलिउड अभिनेता आयुष्मान खुरानालाई नियुक्त गरेको छ । सीजी फुड्स एण्ड सीजी कर्प ग्लोबल इण्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले खुरानासँग सहकार्यको उच्च अभिलाषा छोटो समयमा पूरा भएको बताए । 

सहकार्यले वाइवाइ चाउचाउको ब्राण्डलाई थप स्थापित गराउन सहयोग पुर्‍याउने उनको अपेक्षा छ । यस सहकार्यले विक्री प्रवर्द्धन मात्र नभई वाइवाइका पारखीसँगको सम्बन्ध थप उचाइमा पुर्‍याउने कम्पनीले बताएको छ । व्यावसायिक दूत खुरानाले वाइवाइसँग जोडिन पाउनु खुशीको कुरा रहेको बताए । यसका उत्पादनले जीवन्त र विविध दायरा समेटेको उनको भनाइ छ । हरेक स्वाद, क्षेत्र र प्राथमिकता अनुसारको विदेशी चाउचाउमा वाइवाइ रोजाइमा पर्ने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)