काठमाडौं। दराज नेपालले मंगलवार नयाँ अफर ‘दराज लाइक न्यू’ सार्वजनिक गरेको छ । यस अफर स्थानीय विक्रेताको प्रवर्द्धनमा लक्षित रहेको बताइएको छ । यसले स्थानीय उद्यमीलाई प्लेटफर्म उपलब्ध गराएर उनीहरूको सशक्तीकरणमा अफरले बढावा दिने कम्पनीको अपेक्षा छ । यो अफर प्राविधिक ई–कमर्स उद्योगमा एउटा महत्त्वपूर्ण अवसर रहेको बताइएको छ । यसले खरीदकर्तालाई उच्च गुणस्तर, मूल्य र पारदर्शिता मापदण्डहरू सुनिश्चितता गर्ने कम्पनीको दाबी छ । दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले दराज किनमेलमा मात्र नभई समाजमा योगदान पुर्याउन परिवर्तनको पहलमा सधैं अगाडि रहेको बताइन् ।