ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

परिसंघका प्रतिनिधि र चिनियाँ राजदूतबीच भेटवार्ता

पूर्वाधार क्षेत्रमा सहकार्यको आवश्यकता : परिसंघ

२०८० भदौ, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच लगानी विस्तार एवं व्यावसायिक सम्बन्धका विविध विषयमा छलफल भएको छ । परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीले मंगलवार राजदूत सोङसँग भेट गरी लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेका हुन् ।

परिसंघका अध्यक्ष अग्रवालले चीन विकासको महत्त्वपूर्ण साझेदार रहेको भन्दै नेपालपछि परेको पूर्वाधार क्षेत्रमा सहकार्यको आवश्यकता रहेको बताए । पूर्वाधार, प्रविधि हस्तान्तरण, शीप, पर्यटनलगायत क्षेत्रमा चिनियाँ लगानी एवं सहकार्यलाई उच्च प्राथमिकता दिन उनले आग्रह गरे । विद्युतीय व्यापारका माध्यमबाट नेपाली वस्तु चिनियाँ बजारमा पुर्‍याउन सहयोग गर्न पनि उनले चिनियाँ राजदूतसँग अनुरोध गरे ।

अध्यक्ष अग्रवालले परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)बीचको सहकार्यमा नेपालमा देखिने गरी काम गर्न लागिएको समेत राजदूत सोङलाई जानकारी गराए । सो अवसरमा चिनियाँ राजदूत सोङले नेपालले जलविद्युत्लगायत प्राकृतिक स्रोतको प्रयोगमार्फत विकास गर्न सक्ने बताए । त्यसका लागि दीर्घकालीन विकास रणनीति आवश्यक रहेकोमा उनले जोड दिए । उनले ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै नेपालले विद्युत् प्रयोग बढाउनुपर्ने सुझाव दिए । विद्युत् प्रयोग बढ्दा आयात प्रतिस्थापनमा सहयोग गर्ने उनको भनाइ थियो । परिसंघले औद्योगिक विकासका लागि काम गर्दै आएको भन्दै उनले नेपालको औद्योगिक विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालको नजिकिँदो चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्ष निर्वाण चौधरी, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्य छाया शर्मा, गोकुल भण्डारी, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)