ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सनराइज  र लक्ष्मी क्यापिटल एक हुने

२०८० भदौ, २०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल लिमिटेड एक हुने भएका छन् । लक्ष्मी बैंक र सनराइज बैंक एक भएसँगै यी दुई कम्पनी पनि एक हुन लागेका हुन् ।

गाभ्ने तथा गाभिने (मर्जर) प्रस्ताव पारितका लागि सनराइज क्यापिटल लिमिटेडले आगामी असोज १० गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको कमलपाेखरीस्थित सनराइज क्यापिटलको कार्यालयमा हुने भएको छ ।

सभाले मर्जर प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ । साथै गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत करसमेत नगद लाभांश वितरणको प्रस्तावलाई पनि सभामा पेस गरिनेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)