ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सन नेपाल लाइफको आईपीओले कति पाउला ओपन रेञ्ज ?

२०८० भदौ, २०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओले रू. १५८ दशमलव ४१ देखि ४७५ दशमलव २३ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १५८ दशमलव ४१ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।

नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ ।

कम्पनीको आईपीओ भदौ १५ गते बाँडफाँट भएको थियो । कम्पनीको आईपीओमा ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए ।

कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता रू. २३९ मा ७६ लाख ८० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)