ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीनओटा व्यावसायिक समूहको लगानी रहेको श्री स्टिल्सको ६ महीनाको सञ्चालन नाफा ३ अर्बभन्दा बढी

२०८० भदौ, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिद्धार्थ, मुरारका र केडिया ग्रुपको संयुक्त लगानी रहेको श्री स्टील्सले वित्तीय वर्ष सन् २०२३ को ६ महीनामा नै ३ अर्ब रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

रेटिङ् कम्पनी ईक्रा नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष सन् २०२० मा ३ अर्ब २५ करोड रुपैयाँ, सन् २०२१ मा ७ अर्ब ४६ करोड रुपैयाँ र सन् २०२२ मा ६ अर्ब १३ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो । कम्पनीले वित्तीय वर्ष सन् २०२३ को ६ महीनामा भने ३ अर्ब २ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । 

ईक्रा नेपालका अनुसार सन् २०२३ को शुरुबाट नै कम्पनीको ‘स्टिल मेल्टिङ’ सप सञ्चालनमा आएसँगै कम्पनी ६ महीनामै तीन अर्ब बढी रुपैयाँको नाफा गर्न सफल भएको छ । स्टिल मेल्टिङ सपबाट टिएमटी बार उत्पादनको लागि आवश्यक पर्ने बीलेट स्पन्ज फलाम र स्क्र्यापहरू प्रयोग गरी उत्पादन गर्न सकिन्छ । कम्पनीको ९० देखि ९५ प्रतिशतसम्म नाफा टिएमटी बारको उत्पादनबाट हुने गरेको छ । 

कम्पनीको १ अर्ब १४ करोड रुपैयाँ दीर्घकालीन कर्जा र २ अर्ब रुपैयाँको अल्पकालीन कर्जा छ । ईक्राले कम्पनीको दीर्घकालीन कर्जाको लागि एल बी प्लस र अल्पकालीन कर्जाको लागि एफोर रेटिङ दिएको छ ।

सन् २०१६ मा स्थापित श्री स्टील्सको प्लान्ट रुपन्देहीमा छ । कम्पनीले टिएमटी बार र वायर्सहरू उत्पादन गर्दै आएको छ । कम्पनीमा सिद्धार्थ ग्रुपको ५० प्रतिशत, मुरारका ग्रुपको २५ प्रतिशत र केडिया ग्रुपको २५ प्रतिशत शेयर स्वामित्व रहेको ईक्रा नेपालले जनाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)