ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सातै प्रदेशमा एकै पटक ५१ ओटा विद्युतीय फास्ट चार्जिङ स्टेसन सञ्चालनमा

२०८० भदौ, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंसहित देशभरका सातै प्रदेशमा निर्माण गरिएका ५१ ओटा अत्याधुनिक फास्ट चार्जिङ स्टेसन उद्घाटन गरिएको छ । 

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा विद्युतीय सवारी साधन छिटो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो । 

करीब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ ओटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ ओटामा साना/ठूला कारहरू चार्ज गर्न मिल्ने प्राधिकरणले जानकारी दिएको छ । 

काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा निर्माण गरिएको फास्ट चार्जिङ स्टेसनको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्तरूपमा उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ५१ ओटा चार्जिङ स्टेसन सञ्चालनमा आउँदा हरित र स्वच्छ ऊर्जा खपत बढी कार्बन उत्सर्जनमा कमी आउने र यसले जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरण हुने बताए । यो देशको दिगो विकासका लागि महत्त्वपूर्ण पाइला भएको उनको भनाइ छ । 

उनले विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नीतिगत तथा कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको उल्लेख गरे । साथै विद्युतीय गाडी नेपालमै उत्पादन गर्नका लागि लगानीकर्तालाई आकर्षित गर्ने कार्य भइरहेको उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)