ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कलियुगका राधा–कृष्णहरू ! [तस्वीरहरू]

२०८० भदौ, २०  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । पहेंलो रङको पहिरन । हातमा बाँसुरी । टाउकोमा मुकुट । आज काठमाडौंका विभिन्न घरमा बालकहरू यस्तै पहिरनमा देखिए । टेलिसिरियलमा ‘भगवान कृष्ण’ पात्रले लगाउने गरेको पहिरन हो यो ।

आज बालकहरू भगवान कृष्णको पहिरनमा सजिँदा बालिकाहरू भने राधाको भेषभूषामा थिए । अर्थात् द्वापरयुगका राधा-कृष्णको भेषभूषामा सजिएका थिए कलियुगका 'राधा-कृष्ण'हरू !

बालबालिकाहरू कृष्ण–राधाको पहिरनमा सजिनुको कारण हो– ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व । आज भाद्र कृष्ण अष्टमीमा यो पर्व देशभर धुमधामसँग मनाइएको छ । 

पर्वको अघिल्लो दिन हिजो विद्यालयहरूमा कतिपय बालबालिकाहरूले पनि यही पहिरन लगाएका थिए । काठमाडौंको शंखमुलस्थित सहारा नेसनल स्कुल, कुलेश्वरस्थित नवनीत टड्लर्स जोन विद्यालयले हिजो राधा-कृष्णको पहिरनमा आएका विद्यार्थीहरूको तस्वीर खिचेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)