ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्गानिक परिकार सहितको सामुदायिक होमस्टे सञ्चालनको तयारी 

२०८० भदौ, २०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन । भरतपुरमा थारू सुमदायले सामुदायिक होमस्टे निर्माण गरेका छन् । आदिवासी थारू जातिको संस्कृति, परम्परा, रहनसहन प्रदर्शनका साथै स्थानीयस्तरमै उत्पादित अर्गानिक खानेकुरा खुवाएर पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याउन लागिएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर २६ को शिशैमा अहिले दुई घरधुरीले होमस्टे तयार गरेर सञ्चालनको तयारी गरेका छन् भने अर्को तयारी हुने क्रममा छ । स्थानीय रामप्रसाद महतो र टंकनारायण महतोको होमस्टे तयार छ भने रामलाल महतोको होमस्टे तयारी हुने क्रममा रहेको छ ।

होमस्टेमा ढिकरी, घोंघीका अलावा लोकल कुखुराको मासु, स्थानीयस्तरमै पाइने साना माछा, हाँस, भेडाको मासुलगायत उपलब्ध हुने टंकनारायण महतोले बताए । ‘पछिल्लो समय पर्यटकहरू अर्गानिक परिकारमा आकर्षित हुन थालेका छन् । थारू संरक्षण गर्नका लागि होमस्टे सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘होमस्टेले गर्दा यहाँको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्दछ ।’

अब छिट्टै होमस्टेको उदघाटन गरिने कालाबञ्जर शिशै सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष रामप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार सोही समुदायले थप पाँच घरधुरीमा पनि होमस्टे सञ्चालन गर्न लागेका छन् ।

वडा कार्यालयले होमस्टे निर्माणका लागि दिएको १२ लाख बजेटले आवश्यक संरचना तयार गरिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष चौधरीले जानकारी दिए । ‘तीनओटा होमस्टे तयार भएको छ, सञ्चालनको तयारीमा छौं,’ उनले भने ।
नारायणी नदीको तटबन्धसँगै गाउँ सुरक्षित भएको र पर्यटकीय सम्भावनाको ढोका खोलेको चौधरीको भनाइ छ ।

यहांँ महानगरकै सहयोगमा शिशैमा बाघको प्रतिमा राखिँदैछ भने भ्यू–टावर निर्माण कार्यसमेत भइरहेको छ । त्यसरी नै पुरानो आदिवासी थारू सङ्ग्रहालय पनि स्थानान्तरणको क्रममा छ । भ्यू–टावरका लागि निकुञ्जको मध्यवर्ती क्षेत्र कालाबञ्जर वन उपभोक्ता समितिले सहयोग गरेको छ ।

कर्‍याङकुरूङ लगायत धेरै किसिमका चराहरू, एकसिङ्गे गैंडा तथा गोहीको मुख्य बासस्थान, नोकिया ताल, थारू सङ्ग्रहालय यहाँको मुख्य विशेषता रहेको महतोले जानकारी दिए ।

नारायणगढदेखि करीब ११ किलोमिटर पश्चिमतर्फ पर्ने यहाँ दिउँसै किसानको खेतमा गैंडा, मृग, बँदेल, मयूर चरिरहेको देख्न सकिन्छ । फैलिएको नारायणी किनार र सीमसार क्षेत्रका कारण यो क्षेत्र हिउँदमा चराचुरूङ्गीको बासस्थानका रूपमा समेत चर्चित छ । यहाँको मनोरम दृश्य देखेर आन्तरिक एवं बाह्य पर्यटकहरू लोभिने गरेका छन् । 

हिउँदमा पर्याप्त पर्यटक आए पनि बाटोघाटोको सुविधा नहुँदा समस्या भएको र भ्यू–टावर, पिकनिक स्थल तथा पार्क र होमस्टे, पदमार्ग, शवदाह क्षेत्रलगायत निर्माण गर्न सके यहाँको पर्यटन क्षेत्रको मुहार फेरिने उनको धारणा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)