ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रकाशकुमार खण्डेलवाल औषधि व्यवसायीको अध्यक्षका प्रत्याशी 

२०८० भदौ, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज। नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा वीरगञ्जका व्यवसायी प्रकाशकुमार खण्डेलवालले दाबेदारी पेश गरेका छन् । वीरगञ्जमा हुन लागेको संघको महाधिवेशनमा उनी अध्यक्ष पदका लागि अकांक्षीको रूपमा अघि सरेका हुन् । यही भदौ २२ र २३ गते हुने महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ कार्य समिति चयन गर्ने छ । अहिले संघको वरिष्ठ उपाध्यक्ष रहेका खण्डेलवालले लामो समयदेखि संघका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् । 

यसअघि संघको कार्यकारिणी सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका खण्डेलवालको ४ पुस्ता औषधिको कारोबारमा संलग्न रहँदै आएको छ । १८ वर्षदेखि औषधि व्यवसायी संघमा सक्रिय खण्डेलवाल आफूमा औषधिको आयात, थोक र खुद्रा सबै खालको अनुभव रहेकोले सरोकारका समस्या समाधान गर्न सक्ने दाबी गर्दछन् । बुटवलका व्यवसायी लोकहरि श्रेष्ठ पनि अध्यक्षको दाबेदारको रूपमा अगाडि सरेका छन् । उनी पनि औषधिको व्यापारमा अनुभवी व्यवसायी हुन् । यसअघिको महाधिवेशनमा उनी अध्यक्ष पदको प्रतिस्पर्धामा पराजित भएका थिए । संघको महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्षसहित ९ जना पदाधिकारी र १० जना कार्यकारिणी सदस्य चयन गर्ने संघले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)