काठमाडौं । प्राइम कमर्सियल बैंकका ग्राहकहरूको खाता नम्बर परिवर्तन हुने भएको छ ।
बैंकले ग्राहकको खाता नम्बर भदौ २३ गते (शनिवार)देखि १० अंक/अक्षरबाट परिवर्तन भई २० अंकको कायम हुने जनाएको हो ।
त्यस्तै नयाँ खाताको कारोबारहरू ग्राहकसँग हाल भइसकेको चेक तथा एटीएम कार्डबाट नै गर्न सकिने बैंकले जानकारी दिएको छ ।
मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसलगायतका सेवाहरूमा प्रयोग भएका साबिकको खाता नम्बरहरू प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गरिने बैंकले आज एक सूचनामार्फत जानकारी गराएको छ ।
स्टक ब्रोकर तथा डिम्याट अकाउन्टमा ग्राहक आफैंले नयाँ २० अंकको खाता नम्बर अद्यावधिक गराउन पनि बैंकले आग्रह गरेको छ ।