ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दी हाइड्रोपावरले नागरिक उर्जा बुटवललाई प्राप्ति गर्ने, प्रस्ताव पारितका लागि असोज १२ मा बोलायो साधारण सभा

२०८० भदौ, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले नागरिक उर्जा बुटवल लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । म्यादी हाइड्रोपावर लिमिटेडको १ कित्ता शेयर बराबर नागरिक उर्जा बुटवल लिमिटेडको १ कित्ता शेयर स्वाप रेसियो प्राप्तिका लागि तय गरिएको छ ।

प्राप्ति प्रस्ताव पारित गर्नका लागि कम्पनीले असोज १२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको बालुवाटारस्थित कम्पनी रजिष्टर्डको कार्यालयमा उक्त दिन बिहान ११ बजे शुरू हुनेछ । सभाले प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ । 

यी प्रस्तावहरूसँगै सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पनि पारित गर्नेछ भने चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्गो लगाउनेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)