काठमाडौंको वीर अस्पतालअगाडि बिहीवार (आज) दिउँसो सडकका खाल्डाखुल्डी टालटुल गरिँदै (बायाँ) । र, सडक टालटुल गरिँदा यातायात अवरुद्ध भएपछि साेही क्षेत्रमा भएको जाम ।
पछिल्लो केही दिनयता काठमाडौंको व्यस्त सडकमा दिउँसै सडक टालटुल गर्ने गरिएको छ । यसले गर्दा जाम बढेको यात्रुको दुखेसो छ । दिउँसो सडक मर्मत गर्दा जाम बढ्ने भएकाले यस्ता काम राति गर्न यात्रु सुझाव दिन्छन् ।