ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उत्पादन तथा प्रशोधन समूहका ५ कम्पनीले कमाए सवा ४ अर्ब नाफा, कसको कति ?

२०८० भदौ, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत उत्पादन तथा प्रशोधन समूहका पाँच कम्पनीले गत आर्थिक वर्ष (आव) २०७९/८० मा कुल रू. ४ अर्ब २५ करोडभन्दा बढी नाफा कमाएका छन् । शिवम सिमेन्ट्स, बोटलर्स नेपाल तराई, हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल बालाजु र युनिलिभर नेपालले उक्त नाफा कमाएका हुन् ।

यी कम्पनीहरूको नाफा अघिल्लो आव २०७८/७९ मा भने रू. ४ अर्ब ८४ करोडभन्दा बढी थियो । यस आधारमा यी कम्पनीहरूको नाफा अघिल्लो वर्षको तुलनामा १२ दशमलव २९ प्रतिशत घटेको छ । 

नेप्सेमा सूचीकृत उत्पादन तथा प्रशोधन समूहका कम्पनीको संख्या सात पुगेको छ । तीमध्ये हालसम्म घोराही सिमेन्ट र नेपाल ल्युब आयल लिमिटेडले गत आवको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । 

वित्तीय विवरण सार्वजनिक गरेका पाँच कम्पनीहरूमध्ये दुईओटाको मात्रै नाफा बढेको छ भने बाँकी सबै कम्पनीको नाफा घटेको छ । सबैभन्दा बढी युनिलिभर नेपालले रू. १ अर्ब ८३ करोड नाफा कमाएको छ । यस कम्पनीको नाफा गत आवमा १८ दशलमव ६८ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीले रू. १ अर्ब ५४ करोडभन्दा बढी नाफा कमाएको थियो । त्यस्तै बोटलर्स नेपाल तराईको नाफा १ दशमलव २३ प्रतिशत वृद्धि भएको छ । 

त्यस्तै शिवम् सिमेन्ट्सको नाफा सबैभन्दा बढी ५६ दशमलव २१ प्रतिशत घटेको छ । कम्पनीले अघिल्लो आवमा रू. ६९ करोड ६० लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. ३० करोड २४ लाखमा झरेको हो । गत आवमा यस कम्पनीको विक्री आम्दानी घटेसँगै नाफा घटेको हो । 

त्यसैगरी हिमालयन डिष्टीलरीको नाफा गत आवमा ३७ दशमलव ५४ प्रतिशत घटेको छ । सरकारले बजेटमार्फत गरेको अन्तःशुल्क वृद्धि, तरलता संकुचन, कच्चा पदार्थको लागतमा वृद्धि, ब्याजदरमा उच्च वृद्धिका साथै उच्च प्रतिस्पर्धाको अवस्था जस्ता कारणले सम्पूर्ण अर्थतन्त्रमा असर पर्दा कम्पनीको व्यवसायमा पनि असर परेको कम्पनीले जनाएको छ । 

गत आवमा विश्व नै आर्थिक मन्दीको अवस्थामा रहँदा नेपालमा पनि यसको प्रभाव परेको जानकार बताउँछन् । 

अघिल्लो र गत आवमा कम्पनीले कमाएको नाफा र घटबढ प्रतिशत

स्रोत : कम्पनीहरूको गत आवको  चौथो त्रैमासिक वित्तीय विवरणबाट ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)