ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षअघिको आर्थिक अभियानबाट: एनआरएनको लगानी आउन पूर्वाधार निर्माण हुनुपर्‍यो

२०८० भदौ, २२  
१० वर्ष अघि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

गैरआवासीय नेपाली (एनआरएन) हरूले लामो समयदेखि नेपालको शेयर बजारमा लगानी गर्न खुला गर्नुपर्ने माग गर्दै आएका थिए । अहिलेको बजेटले त्यो माग पूरा गरेको छ । ढिलै भए पनि सरकारले शेयर बजारमा एनआरएनको लगानी खुला गर्ने नीति लिएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । अहिलेको नेपाली शेयर बजार ओरालो लागिरहेको छ । यस्तो अवस्थामा सरकारको निर्णयले यो बजार बढ्नसक्छ । एनआरएनलाई शेयर बजारमा लगानी गर्ने नीति लिनेबित्तिकै उनीहरूको लगानी शेयर बजारमा भित्रिन्छ भन्ने हुँदैन । एनआरएनले विदेशमा बसेर इन्टरनेटको माध्यमबाट कुन कम्पनीमा लगानी गर्ने भन्ने विषयमा निर्णय लिन्छन् । शेयर बजारमा सूचीकृत भएका कति कम्पनीहरूको वास्तविक विवरण इन्टरनेटमा उपलब्ध हुनुपर्छ । तर, कम्पनीको बारेमा खोजेको विवरण लगानीकर्ताले इन्टरनेटमार्फत नपाउने समस्या अझै पनि कायम छ । विदेशमा बसेर लगानी गर्दा यहाँको कम्पनीको अवस्था बारेमा जानकारी पाउने माध्यम नै इन्टरनेट हो । लगानी गर्ने कम्पनीको विवरण इन्टरनेटमा नपाउने हो भने कसरी एनआरएनले लगानी गर्नसक्छन् ? 

(गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद्का सचिव तेन्जी शेर्पासँगको कुराकानीबाट)

वर्ष ६, अंक ६७ आइतवार, १२ मंसिर, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)