ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

११ हजारभन्दा बढी उद्योग व्यवसाय स्थानीय तहलाई हस्तान्तरण

२०८० भदौ, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरेन्द्रनगर। सुर्खेतमा ११ हजारभन्दा बढी उद्योग व्यवसाय स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । प्रदेश व्यापार–व्यवसाय (दर्ता तथा सञ्चालन) नियमावली, २०८० बमोजिम उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतमा दर्ता भई सञ्चालनमा रहेको १० लाख रुपैयाँसम्म स्थिर पूँजी भएका व्यवसाय र ३ लाख रुपैयाँसम्म स्थिर पूँजी भएका लघु घरेलु उद्योग स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । 

यसअघि निर्देशनालयमा दर्ता तथा नवीकरण भइरहेका सुर्खेतका ११ हजार ६७८ ओटा व्यवसाय स्थानीय तहलाई हस्तान्तरण गरिएको निर्देशनालयका ग्राम इकाइ सहायक टोपेन्द्र बिसीले बताए । शुक्रवारसम्ममा सुर्खेतका सबै पालिकाका कर्मचारीलाई निर्देशनालयले सम्बन्धित उद्योग व्यवसायका कागजपत्र हस्तान्तरण गरिसकेको छ । जिल्लाका ९९ ओटा लघु घरेलु उद्योग र वाणिज्य (पसल)तर्फका ११ हजार ५७९ व्यवसायका कागजपत्र स्थानीय तहलाई हस्तान्तरण गरिएको बिसीले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिकामा उद्योगतर्फ ६१ र वाणिज्यतर्फ ७ हजार ७२० व्यवसाय हस्तान्तरण भएको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिए । भेरीगंगा नगरपालिकामा उद्योगतर्फ पाँच र वाणिज्यतर्फ ९९८ व्यवसाय हस्तान्तरण भएका छन् । गुर्भाकोट नगरपालिकामा उद्योगतर्फ आठ र वाणिज्यतर्फ ९६३ व्यवसाय हस्तान्तरण भएका छन् । लेकबेशी नगरपालिकामा उद्योगतर्फ १० र वाणिज्यतर्फ ३५१ व्यवसाय हस्तान्तरण भएका छन् । पञ्चपुरी नगरपालिकामा उद्योगतर्फ पाँच र वाणिज्यतर्फ ४५१ व्यवसाय हस्तान्तरण भएको बताइएको छ । यस्तै सिम्ता गाउँपालिकामा एउटा उद्योग र ३२६ वाणिज्य, चिंगाड गाउँपालिकामा दुई उद्योग र २४८ ओटा वाणिज्य, वराहताल गाउँपालिकामा चार उद्योग र २४८ वाणिज्यतर्फका व्यवसाय हस्तान्तरण गरिएको छ । चौकुने गाउँपालिकामा भने उद्योग तीन र वाणिज्यतर्फका व्यवसाय २७४ ओटा हस्तान्तरण भएको जानकारी दिइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)