ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन तथा हवाई यातायात समिति विस्तार

२०८० भदौ, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भविशकुमार श्रेष्ठ सभापति रहेको पर्यटन तथा हवाई यातायात समिति विस्तार गरेको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र समितिका सभापति श्रेष्ठको उपस्थितिमा आइतवार एक कार्यक्रममा उक्त समिति विस्तार गरिएको बताइएको छ ।

कोशी प्रदेशमा पर्यटन प्रवर्द्धन गरी ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक भित्त्याउने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्न समितिको विस्तार गरिएको हो । विस्तारित समितिको उपसभापतिमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्य भट्टराई चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा नाट्टा कोशी प्रदेशका पूर्वअध्यक्ष उदय श्रेष्ठ, नेपाल होटल व्यवसायी महासंघका सचिव वासु बराल, निर्माण कृषि फार्मका सञ्चालक सुरज श्रेष्ठ, इटहरी उद्योग वाणिज्य संघका सचिव विनोद पौडेल, इलाम पर्यटन समितिका कमला बास्कोटा रिजाल, होटल डोम्लो प्रालिका सञ्चालक खेमराज वन र होटल फूलबारी इनरुवाका सञ्चालक रामसुन्दर श्रेष्ठ चयन भएको बताइएको छ ।

समितिका आमन्त्रित सदस्यहरूमा होटल संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, भेडेटार होटल संघका सचिव रमेश श्रेष्ठ, कोशी ग्लोबल नेप्लिष्ट सेफ फेडेरेशनका अध्यक्ष प्रेमकुमार सुब्बा, अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरे, तेह्रथुमकी होटल व्यवसायी श्रृजना लामा फोम्बो, होटल संघ नेपालका सदस्यद्वय मोक्ष पोखरेल, सरोज पौडेल र होटल संघ उदयपुरका पदमलाल लम्साल छन् ।

समितिका सल्लाहकारमा होटल संघ कोशीका अध्यक्ष राजन श्रेष्ठ, नेपाल होटल व्यवसायी महासंघ कोशीका अध्यक्ष राजन दंगाल र इलाम उद्योग वाणिज्य संघकी पूर्वअध्यक्ष सुशीला सापकोटालाई चयन गरिएको सभापति श्रेष्ठले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)