ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा फाइभजी प्रविधि शुरू गर्दै सामसङ

२०८० भदौ, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सामसङले नेपालमा फाइभजी प्रविधि शुरू गर्ने तयारी गरेको छ । नेपालमा आविष्कारको क्षेत्रमा समेत काम गर्दै आएको सामसङले फाइभजी प्रविधिमा काम गर्ने भएको हो । स्मार्टफोनमा उन्नत र नवीनतम प्रविधि भित्त्याउन सामसङको बेग्लै पहिचान रहेको कम्पनीले दाबी गर्दै आएको छ । 

हाल नेपालका दुई प्रमुख टेलिकम अपरेटर नेपाल टेलिकम र एनसेलको देशभर विभिन्न ब्यान्ड र फ्रिक्वेन्सी सञ्चालनमा छन् । अहिले नेपालमा सञ्चालनमा रहेका सबै समान ब्यान्ड टुजीका लागि ब्यान्ड ८ (९०० मेगाहर्ज), थ्रीजीका लागि ब्यान्ड १ (२१०० मेगाहर्ज) र फोरजीका लागि ब्यान्ड ३ (१८०० मेगाहर्ज) सबैलाई सामसङको समर्थन रहेको बताइएको छ । नेपाल टेलिकमले भीओईएलटी विस्तार गर्ने समयमा एलटीई/फोरजी नेटवर्कलाई साथ दिन अतिरिक्त समान ब्यान्ड २० (८०० मेगाहर्ज) प्रस्तुत गरेको र उपकरणमा सामसङले त्यसको प्रयोग पनि गरेको कम्पनीले जानकारी दिएको छ । सामसङले नेपाल टेलिकम र एनसेलसँग मिलेर फाइभजी प्रविधि विस्तारमा अगाडि बढ्ने भएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)