काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका–८ स्थित कृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर सहयोग गरेको छ । बैंकले शाखा कार्यालय सृजनाचोकमार्फत बुधवार कृष्ण जन्माष्टमीको अवसरमा रेफ्रिजेरेटर सहयोग गरेको छ । उक्त रेफ्रिजेरेटर मन्दिरको भान्सा व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदान गरेका बैंकले जानकारी दिएको छ । बैंकको सञ्चालक बलराम बरालले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम रेग्मीमार्फत उक्त रेफ्रिजेरेटर हस्तान्तरण गरेका थिए । कार्यक्रममा पोखरा–८ का अध्यक्ष रुद्रनाथ बराल, मन्दिर व्यवस्थापन समितिका अन्य सदस्य, भक्तजनका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।