ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्यूब आउँदै

२०८० भदौ, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले भदौ २६ देखि हुने नाडा अटो शोमा इलेक्ट्रिक स्कुटर टीभीएस आईक्यूब सार्वजनिक गर्ने भएको छ । कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीको दैनिक आवतजावतलाई थप सहज बनाउने कम्पनीको विश्वास छ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले टीभीएस आईक्यूब इलेक्ट्रिक स्कुटरले पर्यावरण र कुशल शहरी गतिशीलताप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्ने बताए । ‘आकर्षक मूल्यमा कार्बनरहित भविष्य सुनिश्चित गर्दै आधुनिक शहरका सचेत नागरिकका लागि नवीनतम् विकल्प प्रदान गर्ने उद्देश्यले टीभीएस आईक्युब नेपाली बजारमा ल्याएका हौं,’ उनले भने । ३ किलोवाटको बलियो बीएलडीसी हब मोटरको प्रयोग गरिएको यस स्कुटरका पर्फर्मेन्स उत्कृष्ट रहेको कम्पनीले जानकारी दिएको छ । यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । यसमा भएको ३ दशमलव शून्य ४ केडबल्यूएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)