काठमाडौं। बीवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बीमाई अटोमोबाइल्सको नाममा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । शोरुम शुभारम्भ गर्दै बीमाई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्र कुमार रानाले ग्राहकमाझ बढ्दै गएको बीवाईडीको लोकप्रियतालाई ध्यानमा राखेर नयाँ शोरुम सञ्चालनमा ल्याएको बताए । उनले ग्राहकको बढ्दो मागलाई परिपूर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न बीवाईडी प्रतिबद्ध रहेको बताए । बीवाईडीले नयाँ इलेक्ट्रिक एसयूभी एटो थ्री सार्वजनिक गरेसँगै नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।