ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया डाईनामिक डप्ट फण्डद्वारा लाभांश वितरण शुरु

२०८० भदौ, २२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले गत आर्थिक वर्ष (आव) ०७९÷८० को लाभांश वितरण थालेको छ । 

गत साउन १९ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले करसमेत इकाईधनीहरूका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियोे । भदौ १७ गतेदेखि सम्बन्धित इकाईधनीहरूको बैंक खातामा लाभांश जम्मा गर्न शुरु गरिएको योजना व्यवस्थापकले जानकारी दिएको छ ।

योजना व्यवस्थापकले लाभांश प्रयोजनका लागि गत साउन १९ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गरेका छन् । 

खुलामुखी प्रकृतिको यस योजनाका इकाईनीहरूले प्राप्त गर्ने कर तथा निर्धारित डीपी शुल्क कट्टापछिको प्रतिफल रकम पुनः लगानी गर्न सक्ने व्यवस्थासमेत गरिएको थियो । 

लाभांश पुनः लगानी योजनामा सहभागी हुनका लागि योजना व्यवस्थापकले साउन ३२ गतेसम्मको मिति तय गरेको थियो । उक्त मितिसम्म सहभागी नहुने इकाईधनीहरूको लाभांश वितरण प्रक्रिया अघि बढाइएको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)