ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१४ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्री गर्दै प्रभु बैंक 

२०८० भदौ, २२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु बैंक लिमिटेडले १४ लाख १६ हजार ७६३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले उक्त शेयर खरीदका लागि आगामी ३५ दिनभित्र बैंकको काठमाडौं, बबरमहलस्थित केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने बैंकले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)